पर्सा राष्ट्रिय निकुञ्जमा सेनाको गोलीबाट हेटौंडाका तितुङको मृत्यु

पालिका डायरी
७ असार २०८१, २०:२९
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

पर्सा राष्ट्रिय निकुञ्जभित्र सेनाको गोली लागेर हेटौंडाका एकजनाको मृत्यु भएको छ ।

निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना र शिकारीबीच मुठभेड भएको निकुञ्जले जनाएको छ। गस्तीमा रहेको सेनाले चलाएको गोली लागेर हेटौंडा उपमहानगरपालिका–१४ बनेलधापका अन्दाजी ५४/५५ वर्षीय शुक्रबहादुर तितुङको ज्यान गएको हो।

सेनाले गोली चलाएपछि अन्य शिकारीहरू भने फरार भएको निकुञ्जले जनाएको छ । घटनास्थलमा हातहतियार सहितको केही झोला भेटिएको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जानकारी दिए ।

घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया