भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको जिम्मा सरकारले लिनुपर्छः सांसद वर्तौला

पालिका डायरी
६ असार २०८१, १४:३६
भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको जिम्मा सरकारले लिनुपर्छः सांसद वर्तौला

हेटौंडा /  मकवानपुर २ बाट निर्वाचित सांसद महेश वर्तौलाले भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको जिम्मा सरकारले लिएर निर्माण गर्नुपर्ने वताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको वैठकमा वोल्दै वर्तौलाले सुरुङ मार्गको निर्माणका लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महाुसेठको ध्यानाकर्षण गराएका हुन् । यो सुरुङ निर्माणका लागि भनेर नेपाल पुर्वाधार विकास कम्पनीले अनुमती लिएको लामो समय भई सकेको र सुरुङ निर्माणकै लागि कम्पनीले स्थानीय नागरिकहरु संग सेयर पनि उठाएको थियो ।

प्रतिनिधि सभामा बोल्दै वर्तौलाले भनेः– “यस् संगै चर्चा चलाईएका सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगती निकै राम्रो छ र नागढुंगा सुरुङको ब्रेक थ्रु भइसकेको छ । तर, भीमफेदी–कुलेखानी सुरुङ चर्चामै सिमित रह्यो । अब, नेपाल सरकारले नै यस् सुरुङ मार्ग निर्माणको जिम्मा लिएर निर्माणको प्रक्रिया अगाडि बढाईनु पर्छ ।”

प्रतिक्रिया