बौद्धबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित एक जना पक्राउ
AI Photo
काठमाडौँको बौद्ध क्षेत्रबाट ६ किलो सुन र करिब ४८ लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार राती बौद्धस्थित तीनचुली क्षेत्रबाट एकजनालाई पक्राउ गरेको हो। सीआईबी प्रवक्तासमेत रहेका एसपी होबिन्द्र बोगटीका अनुसार चिनियाँ मूलका जस्ता देखिने ती व्यक्तिको साथबाट सोनाम गुरुङ नामको एउटा नागरिकता पनि फेला परेको छ।
उक्त नागरिकता नक्कली भएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ। अहिले सो सुनको तौल लिने काम भइरहेको छ। प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन आयोजना गरेर ती व्यक्तिलाई सार्वजनिक गर्दैछ।
प्रतिक्रिया