चितवन दुर्घटनाका घाइतेको पहिचान खुल्यो, ३ जनाको अवस्था गम्भीर

पालिका डायरी
३२ जेष्ठ २०८१, १३:४२

चितवनमा बस र कार आपसमा ठोकिँदा गम्भीर घाइते भएकाहरूको पहिचान खुलेको छ।

घाइते हुनेको संख्या १३ जना रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक तथा प्रहरी प्रवक्ता रवीन्द्र कुमार श्रेष्ठले नेपालखबरलाई जानकारी दिए। उनका अनुसार, घाइते संख्या १३ रहेको छ भने ती मध्येक ३ जनाको अवस्था गम्भीर, ६ जना मध्यम र ४ जना डिस्चार्ज भएका हुन्। जसमा कारमा सवार तीनजना घाइतेको अवस्था गम्भीर रहेको छ।

कास्कीको पोखरा उपमहानगरपालिका ५ का ३५ बर्षीय समीर ओझा, काठमाडौँ टोखा नगरपालिका ६ बस्ने २२ बर्षीय शेखर मिश्र र ललितपुर महानगरपालिका २४ बस्ने २१ बर्षीय सिृजन ओझा गम्भीर घाइते भएका छन्। उनीहरूको शरिरको विभिन्न् भागमा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरुको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ।

यस्तै, दुर्घटनामा मध्यम घाइतेहुनेहरुमा बसमा सवार नवलपुर गैंडाकोटका ३८ बर्ष दिलमाया बि.क, सोही स्थानकी १९ बर्षीया परिका सुनार, बाँके कोहलपुर १२ बस्ने ४८ बर्षका धिरेन्द्र बहादुर के।सी, बर्दिया बाँसगढी नगरपालिका ९ बस्ने ४८ बर्षका रामकृष्ण थारु रहेका रहेका छन्।

कारमा सवार ललितपुर महानगरपालिका २४ बस्ने १७ बर्षको सितल ओझा, सोही स्थानकी ३५ बर्षीया सरिता ओझाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

यस्तै दुर्घटनामा घाइतेभएका ४ जनाको उपचारपश्चात् डिस्चार्ज भएका छन्। बसमा सवार बर्दियाको बर्दिया नगरपालिका १२ बन्जाई बस्ने वर्ष ३० को थिर बहादुर के.सी, बर्दिया नगरपालिका ८ का ४८ वर्षका दरु बहादुर शाही, बर्दिया नगरपालिका ९ बस्ने ४८ वर्षका रामकिरण थारु र सोही स्थानका ३४ बर्षीय बलबहादुर चोधरी स्थानीय पोलिक्लिनिक फिस्लिङमा उपचार पश्चात डिस्चार्ज भएका हुन्।

 

प्रतिक्रिया