चरेससहित २ जना पक्राउ

पालिका डायरी
३१ जेष्ठ २०८१, १०:२७
पाँच राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ file photo

कञ्चनपुरमा चरेससहित २ जना पक्राउ परेका छन्। दोधारा चाँदनी नगरपालिका–७ बाबाथानबाट सोही ठाउँका २७ वर्षीय सुरज सुनार र दोधारा चाँदनी नगरपालिका–२ पुर्णा टोलको ५० वर्षीय गणेशसिंह साउद पक्राउ परेका हुन्।

सुनारको साथबाट १५.३ ग्राम चरेस फेला पारी उनलाई सोधपुछ गर्दा साउदबाट खरिद गरेको खुलेपछि दुबै जनालाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको कञ्चनपुरले प्रहरीले जनाएको छ।

प्रतिक्रिया