रडले हानेर एक महिलाको हत्या, ५७ वर्षका पुरुष पक्राउ

पालिका डायरी
३० जेष्ठ २०८१, १२:३८
होटल संचालन गर्दै आएकी एकल महिलाको हत्या

काभ्रेमा रडले हानेर एक महिलाको हत्या भएको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।

यही जेठ २४ गते काभ्रेको तेमाल गाँउपालिका–२ काफल डाँडामा सोही स्थानको ५७ वर्षीया साहिली तामाङको शव फेला परेको थियो । साहिलीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँका मानध्वज तामाङलाई पक्राउ गरेको हो । उनले फलामको रडले शरीरका विभिन्न भागमा प्रहार गरेर साहिलीको विभत्स ढंगले हत्या गरेको अनुसन्धनको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनको साथबाट फलामको रडसमेत प्रहरीले बरामद गरेको छ।

पक्राउ पछि जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया