सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा असई र हवल्दार दुवैको मृत्यु

पालिका डायरी
२८ जेष्ठ २०८१, ०७:५३

सिन्धुलीको फिक्कल गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको पनि मृत्यु भएको छ ।

सिन्धुली प्रहरीका एसपी गोविन्द काफ्लेका अनुसार श्रेष्ठको उपचारका क्रममा काठमाडौंको प्रहरी अस्पतालमा मृत्यु भएको हो । गम्भीर घाइते भएका श्रेष्ठलाई गोलन्जोरको खुर्कोटमा रहेको सुनकोसी सामुदायिक अस्पतालमा उपचारपछि हेलिकप्टरबाट प्रहरी अस्पताल लगिएको थियो ।

गस्ती गर्दै चौकीतर्फ फर्कने क्रममा फिक्कल गाउँपालिका-५ झगडेबेंसीको भित्री सडकमा आइतबार अपराह्न भएको दुर्घटनामा परी रत्नावती प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक रविन्द्र ठाकुरको उपचारका क्रममा आइतबारै सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा निधन भएको थियो । धनुषाको कमला नगरपालिका-९ घर भएका ठाकुरको शव सिन्धुली अस्पतालमा पोष्टमार्टम पश्चात सोमबार परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रदेश ३–०२–००१ब ४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया