मनहरीमा एकै दिन तीनवटा पक्की पुल उद्घाटन

पालिका डायरी
२६ जेष्ठ २०८१, १७:११

 

हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिकामा एकै दिन तीन वटा पक्की पुलको उद्घाटन गरिएको छ । गाउँपालिकाको बजेटमा निर्माण भएको तीनवटा पक्की पुल शनिबार बागमती प्रदेशका सांसद इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् ।
पालिकाको बजेटमा बानियाँ कन्स्ट्रक्सनसँग सम्झौता गरी निर्माण भइरहेको पाँच पक्की पुल मध्ये शनिबार तीन वटा पक्की पुलको निर्माण सम्पन्न भई उद्घाटन गरिएको हो । सांसद बानियाँले वडा नं. १ र २ जोड्ने च्यापल खोला पुल, वडा नंं ३ र ४ जोड्ने मसिने खोला पुल र वडा नंं ४ र ५ जोड्ने ट्वाङग्राखोलाको पुल उद्घाटन गरिएको हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा आन्तरिक स्रोतबाट पाँच वटा पक्की पुल निर्माणको काम सुरु गरेको थियो । कुल ३३ करोड ४० लाख ६५ हजार लागतमा पाँचवटा पुलको ठेक्का लागेको थियो ।खअन्य दुई वटा पुलको निर्माण कार्य मङ्सिरसम्म सम्पन्न भइसक्ने मनहरि गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताए । ठाडोखोला पुल निर्माण कार्य ८५ प्रतिशत र हाँडीखोला पुल ६३ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिदै उनले स्थानीय सरकारको आन्तरिक स्रोतबाट जनताका लागि ठुलो काम गर्न सकिएको बताएका हुन् ।

प्रतिक्रिया