सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

पालिका डायरी
२४ जेष्ठ २०८१, १६:३४
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

हेटौंडा / नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । सुन मंगलबार २ हजार ७०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४२ हजारमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला सुन १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि पनि बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १८६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया