मनहरीका ३ वटा पक्की पुल सांसद बानियाँले उद्घाटन गर्ने

पालिका डायरी
२२ जेष्ठ २०८१, १२:१७

हेटौंडा /  मनहरी गाउँपालिकाले निर्माण गरेको ३ वटा पक्कि पुल जेठ २६ गते उद्घाटन हुने भएको छ ।

आईतबार बसेको गाउँ कार्यपालिका बैठकले पुलको उद्घाटन गर्ने मिति तय गरेको हो । पुल उद्घाटनका लागि प्रमुख अतिथीको रुपमा मकवानपुर क्षेत्र नं २(ख) बाट निर्वाचित बागमती प्रदेसका सांसद ईन्द्र बानियाँ आउने तय भएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिनुभयो । मनहरी गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ मा आन्तरिक श्रोतबाट ५ वटा पक्की पुल निर्माणको काम सुरु गरेको थियो ।

कुल ३३ करोँड ४० लाख ६५ हजार लागतमा वडा नं १,२,३, र ४ जोड्ने च्यापल खोला, हाँडिखोला, ट्वाङ्रा खोला, मसिने खोला र ठाडो खोलामा गरी ५ वटा पुलको ठेक्का लागेको हो । हाल ट्वाङ्रा खोला, मसिने खोला र च्यापल खोला पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ ।

बानीयाँ कन्स्ट्रक्सनसँग सम्झौता गरी निर्माण सम्पन्न भएको उक्त ३ वटै पुल २६ गते उद्घाटन गरीने अध्यक्ष कालाखेतीको भनाई छ । साथै अन्य दुईवटा पुलको निर्माण कार्य मंसिरसम्म सम्पन्न भइसक्ने उहाँको भनाई छ । “ठाडोखोला पुल निर्माण कार्य ८५ प्रतिशत र हाँडिखोला पुल ६३ प्रतिशत सम्पन्न भइसकेको छ”-उहाँले भन्नुभयो, “यहि मंसिरसम्म सम्पन्न हुनेछ” ।

प्रतिक्रिया