जबर्जस्ती करणी कसुरमा १० वर्ष सजाय तोकिएका पुरुष पक्राउ

जबर्जस्ती करणी अभियोगमा अदालतबाट १० वर्ष कैद सजाय तोकिएका एक व्यक्तिलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीको कबिलासी नगरपालिका-८ निवासी दिनेश मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गाउँकै एक महिलालाई जबजस्ती करणीपछि फरार रहेका मण्डललाई जिल्ला अदालत सर्लाहीले १० वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो। त्यसैगरी ज्यान मार्ने उद्योगमा प्रहरीले सर्लाहीकै रामनगर गाउँपालिका-२ ध्रुवा टोल निवासी रामबाबु रायलाई पनि पक्राउ गरेको छ।
ज्यान मार्ने उद्योगमा अदालतले रायलाई १५ हजार जरिवाना तोकेपछि उनी फरार थिए।
प्रतिक्रिया