एमाले मकवानपुरको अधिवेशनको तयारी पुरा

पालिका डायरी
१६ जेष्ठ २०८१, २२:१७
एमाले मकवानपुरको ध्यान कार्यकर्ता प्रशिक्षणमा 

हेटाैंडा / नेपाल कम्युनिष्ट पार्टि (एमाले) मकवानपुरको १२औं जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । आगामी जेठ १८ र १९ गते हुने अधिवेशनको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

आयोजक समितिको अन्तिम बैठक आज समपन्न भएको र बैठकले अधिवेशनमा पेश गरिने प्रतिबेदन, र मकवानपुर जिल्लाको खाका समेतलाई पारित गर्नुका साथै सम्मेलनमा बिधान बमोजिम मनोनित गर्न पाउने प्रतिनिधीहरु समेत चयन गरेको एमाले मकवानपुरका अध्यक्ष एवम् आयोजक कमिटीका संयोजक एकालाल श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले जिल्ला अधिबेशनमा पेश गरिने सांगठनिक तथा आर्थिक प्रतिबेदन, र मकवानपुर जिल्लालाई कस्तो वनाउने भन्ने तथ्य सहितको खाका समेतलाई पारित गरिएको जिल्ला सम्मेलन प्रचार कमिटीका संयोजक धुर्ब प्रसाद चौलागाईले बताउनुभयो । जिल्ला सम्मेलनमा बिधान बमोजिम मनोनित गर्न पाउने ३७ जना प्रतिनिधीहरु समेत चयन गरिएको छ । नेकपा एमाले पोलिट व्युरो सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज देबी ज्ञावलीको प्रमुख आतिथ्यतामा बैठक भएको हो ।

अधिवेशनले १०५ सदस्यीय नयाँ जिल्ला नेतृत्व चयन हुने जनाइएको छ । नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा रघुनाथ खुलाल, श्रीधर पोखरेल, इन्द्रमान स्याङतान, ध्रुवप्रसाद चौलागाई, देवराज रिमाल र लालबहादुर थापा लगायतको चर्चा छ ।

उपाध्यक्षमा नवीन सिग्देल, हिदम लामा, सुनिल मुक्तान, पार्वती रानाको चर्चा छ भने सचिवमा मदन कुमार दाहाल, सुमित्रा काफ्लेको नाम चर्चा चलेको छ। उपसचिवमा सिता विष्ट, खेम जर्गामगर, दीपक खड्का, जुना दाहाल, आरती पाठक, रमिला सापकोटा, इन्द्रप्रसाद नेपाल, सन्तोष चौलागाई लगायतको चर्चा रहेको छ । अधिवेशनको एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने एमाले मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया