करिब २ सय ५० किलोग्राम गाँजासहित तीन जना पक्राउ

पालिका डायरी
१३ जेष्ठ २०८१, २०:५१
गाँजा बरामत file photo

धनुषा जनकपुर उपमहानगरपालिका-१३ पिराडी चोकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ सय ५० किलोसहित सर्लाही हरिवन नगरपालिका-८ स्कूल टोल बस्ने ३० वर्षीय नेत्र बहादुर श्रेष्ठ समेत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले बा.प्र०१-०२७ च १९७७ नम्बरको स्कार्पियो जाँच गर्ने क्रममा स्कार्पियामा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया