सवारी दुर्घटनामा घाइते कार्कीको उपचारको क्रममा मृत्यु

पालिका डायरी
१३ जेष्ठ २०८१, ०८:१३
accident palika

हेटौंडा / मकवानपुरमा सवारी दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ। जिल्लाको मनहरी गाउँपालिका ६ नयाँ बजार स्थित पुर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट घाइते भएका एक जनाकोे उपचारका क्रममा मृत्यु भएको हो।

हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ७७२१ नम्बरको ट्रकले चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००४ प ६९७३ नम्बरको बुलेट मोटरसाइकलाई ठक्कर दिइ दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौडा – ८ कमाने बस्ने ४५ वर्षिय दिनेश कार्कीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

ट्रकको ठक्करबाट टाउको र शरिरको बिभिन्न भागमा चोट लागी उपचारको लागि नया मेडिकल कलेज चितवनमा उपचार भइरहेकोमा गएराती डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया