गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ?

पालिका डायरी
८ जेष्ठ २०८१
रवि लामिछानेको नागरिकता र पासपोर्ट विवादमा काठमाडौं प्रहरीले थाल्यो अनुसन्धान file photo

काठमाडौं / मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

जसमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेको सम्पत्ति विवरणमा भक्तपुरमा १ रोपनी १ आमा पैतृक सम्पत्ति देखाएका छन् ।  यस्तै ग्लोबल आइएमई बैंकमा ५ हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार रुपैयाँ मात्र लामिछानेले आफ्नो सम्पत्ति देखाएका छन् ।

यस्तै श्रीमती निकिता पौडेलको माइतीको सगोलमा १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको उल्लेख गरेका छन् । यस्तै घर किन्न १ करोड ५० लाख ऋण रहेको उल्लेख छ ।

यस्तै श्रीमती र आफ्नो आयबाट ४२ लाखमा किनेको टाटा नेक्सन इभी कार रहेको सम्पत्ति विवरण पेस गरेका छन् ।

प्रतिक्रिया