प्रधानमन्त्री प्रचण्डले चौथोपटक पाए विश्वासको मत

पालिका डायरी
७ जेष्ठ २०८१, १३:५७

हेटौंडा /  प्रधानमन्त्री पुष्यपकमल दाहाल प्रचण्डले चौथोपटक विश्वासको मत पाएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रचण्डले चौथोपटक विश्वासको मत पाएका हुन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको पक्षमा १५७ मत मत प्राप्त गरे। विश्वासको मत प्रक्रियामा १ सय ५८ सांसद सरिक भएका थिए ।

मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पक्षरविपक्ष दुवैतर्फ मत दिएनन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसहितका अन्य विपक्षी दलहरू मतदान कार्यमा सहभागी भएनन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, लाकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जसपा नेपाल लगायतका दलको नाराबाबजीबीच उनले विश्वासको मत लिएका हुन् ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधनिक व्यवस्था छ।

जनता समाजवादी पार्टी, नेपालले गत वैशाख ३१ गते प्रधानमन्त्री प्रचण्ड नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सो पार्टी विभाजित भएसँगै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिएका हुन् । ०७९ पुस १० गते गठित प्रचण्ड नेतृत्वको सरकारले पहिलोपटक ०७९ पुस २६ मा पहिलोपटक विश्वासको मत लिएका थिए। त्यतिबेला २ सय ७० सांसद उपस्थित हुँदा प्रचण्डले २ सय ६८ मत प्राप्त गरेका थिए ।

त्यसपछि २०७९ फागुन दोस्रो साता प्रधानमन्त्री प्रचण्डले सत्ता सहयात्रीहरू परिवर्तन गरे। सत्ता सहयात्री दलहरू फेरबदल भएपछि प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक ०७९ चैत ६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला उनले १ सय ७२ सांसदको समर्थन पाएका थिए । जतिबेला संसद्‌मा २ सय ६२ सांसद उपस्थित थिए।

त्यसपछि उनले फागुन ३० गते तेस्रोपटक विश्वासको मत लिए । त्यतिबेला प्रधानमन्त्री प्रचण्डले १ सय ५७ सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका थिए ।

प्रतिक्रिया