४३ दिनपछि विभागीय जिम्मेवारी पाएकी मन्त्री आलेमगर ५ दिनपछि पदस्थापन

पालिका डायरी
६ जेष्ठ २०८१, २१:३०
४३ दिनपछि विभागीय जिम्मेवारी पाएकी मन्त्री आलेमगर ५ दिनपछि पदस्थापन

बागमती प्रदेशकी युवा तथा खेलकुदमन्त्री रमा आलेमगरले पदभार ग्रहण गरेकी छन् । आइतबार मन्त्री आलेमगरले युवा तथा खेलकुद मन्त्रीको पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री आलेमगरले राज्यकोषमा भार नथप्ने उदेश्यले हेटौंडा बजारबाट केही परको सरकारी भवनमा मन्त्रालय राख्न आफू सहमत भएको बताइन् ।

‘सबै मन्त्रालय मुख्यमन्त्री कार्यालयको नजिकै हुनुपर्छ भन्ने मलाई लाग्दैन’, उनले भनिन्, ‘हेटौंडा बजारबाट केही पर भएपनि सरकारी भवनमै मन्त्रालय राखौं । घरभाडाको खर्च विकासमा लगाऔंला भन्ने लागेर खेलकुद विकास परिषद्को भवनमै मन्त्रालय राख्न तयार भएकी हुँ ।’

साथै, मन्त्री आलेमगरले अब प्रदेशमा रहेका युवा तथा खेलाडीका लागि विभिन्न कार्यक्रमहरु ल्याउने समेत बताइन् । उनी १९ चैत २०८० मा बिना विभागीय मन्त्री नियुक्त भएकी थिइन् ।

४३ दिनपछि मन्त्रालयको जिम्मेवारी पाएकी आलेमगरले मन्त्रालय कहाँ राख्ने भन्ने अन्यौलताका कारण पदभार ग्रहण गर्न पाएकी थिइन् । गत बुधबार विभागीय जिम्मेवारी पाएकी खेलकुद मन्त्री आलेमगर आइतबार पदस्थापित भएकी हुन् ।

प्रतिक्रिया