सवारी दुर्घटनामा परी दुई पत्रकार घाइते

पालिका डायरी
३ जेष्ठ २०८१, १९:११
अछाममा सवारी दुर्घटनामा परी दुई पत्रकार घाइते

अछाममा सवारी दुर्घटनामा परी दुई सञ्चारकर्मी घाइते भएका छन् ।

कैलाश खोला नजिक बिहीबार दिउँसो भएको दुर्घटनामा रेडियो रामारोशनका कार्यकारी प्रमुख ४० वर्षीय कृष्ण बुढा र सोही रेडियोमा कार्यरत २२ वर्षीया रेनुका परियार घाइते भएका हुन् ।

उनीहरू सवार से ६ प ७९९९ नम्बरको मोटरसाइकल तुमाखाँद गाउँपालिका–८ का रोशन रिमालले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००२ त ६४८१ नम्बरको ट्याक्टरसँग ठोकिएर दुर्घटना भएको हो। जिल्लाको ढकारी गाउँपालिका–१ का बुढाको हातमा चोट लागेको प्रहरीले बताएको छ। रेनुकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरू उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया