हेटौंडामा टेलरिङ तथा ब्युटिसियन तालिम सुरु

पालिका डायरी
२ जेष्ठ २०८१, २१:३९
हेटौंडामा टेलरिङ तथा ब्युटिसियन तालिम सुरु

हेटौंडा  / हेटौंडा ११ मा टेलरिङ तथा ब्युटिसियन तालिम को सुरुवात भएको छ । 

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले पानसमा बत्ती बालेर तालिमको उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि पौडेलले तालिम पूरा गरेर आयस्रोतको बजारसँग जोडिन तालिममा सहभागी हरूलाई आग्रह गरे । सीप सिकेर उद्यमशील भए आर्थिक रूपमा सबल भइन्छ । रोजगारीको लागि कसैको मुख ताक्न नपर्ने पौडेलको भनाइ थियो । 

यस्तै, बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले तालिम पूरा नगरी रहर मात्र गर्नेहरूको लागि तालिमको आयोजना नगरिएको बताए । उनले तालिम प्रदायक संस्था लाई तालिममा कुनै कमी नगर्न समेत सुझाए । प्रदेश युवा परिषद बागमती को आयोजनामा आयोजित तालिमको प्रदायक संस्था युनाइटेड टेक्निकल ट्रेनिङ एजुकेसनल प्रा. लि. काठमाडौं रहेको छ । संस्थाले देशैभरी सीपमुलक तालिम प्रदान गरिरहेको संस्थाका कार्यकारी निर्देशक केदार बास्तोलाले जानकारी दिए ।

 हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाको समन्वयमा शुरु भएको तालिममा ४० जना सहभागी छन् । वडाअध्यक्ष जुना दाहालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रतिक्रिया