हेटौंडा अस्पतालको बारेमा नकारात्मक भ्रम फैल्याइयो : पूर्व मुख्यमन्त्री पौडेल

पालिका डायरी
२ जेष्ठ २०८१, २१:२२
हेटौंडा अस्पतालको बारेमा नकारात्मक भ्रम फैल्याइयो : पूर्व मुख्यमन्त्री पौडेल

हेटौंडा /  बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा सञ्चालित हेटौंडा अस्पतालका बारेमा राजनीतिक दलहरुले नकारत्मक भ्रम पैmलाएको बताएका छन् ।

पूर्व मुख्यमन्त्री पौडेलले बुधबार श्वेतपत्र जारी गर्दै हेटौंडा अस्पतालमा राजनीतिककरण गर्दै जनमानसमा भ्रम फैलाउने काम गरिएको बताएका हुन् । बुधबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा श्वेतपत्र प्रस्तुत गर्दै उनले अस्पतालप्रति भ्रम फैलाउने काम भएको बताएका हुन् ।
राजनीतिक दलहरुले स्वास्थ्य क्षेत्रमा भएका प्रगतिमा विरोध गर्दै नागरिकमा भ्रम फैलाउनुले अचम्मीत तुल्याएको भन्दै गलत र भ्रामक सूचना छरिएको उनको भनाइ थियो। ‘जनतलाई प्रभावकारी स्वास्थ्य सेवा उलब्ध गराउने संस्थाको गठन संचालन गर्नु अपरिहार्य ठानी राज्यपुन संरचना पछिको पहिलो प्रदेश सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गर्न अनिवार्य भएको महसुस गरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन तथा संचालन गरेको हो,’ उनले भने।

साथै पूर्वमुख्यमन्त्री पौडेलले हेटौंडा अस्पताललाई प्रतिष्ठान मार्फत सञ्चालनमा ल्याइएपछि विभिन्न स्वास्थ्य सुविधाहरु थपिएको बताए। गुणस्तरीय ओपिडि सेवा, आपतकालिन सेवा, जेष्ठ नागरिक विशेष सेवा, डायलासीस, स्त्री, प्रजनन रोग तथा प्रसुती सम्बन्धी स्तरीय सेवा, सघन उपचार सेवा(आइसियु, एचडियु), लगायतका सेवाहरु उपलब्ध गराउन सफल भएको पौडेलको दाबी छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत आउनुअघि १ सय वटा बेड रहेको अस्पतालमा हाल ३ सय वटा वेड संचालन भइरहेको जानकारी दिदैं पौडेलले भने, ‘आमनागरिकको अस्पतालप्रतिको भरोसा टुटाउनका लागि राजनीतिक फोहोरी खेल खेलिएको हो। यसले नागरिकलाई फाइदा हुने बाहेकका विल्प नै छैनन्।’

यस्तै पत्रकार सम्मेलनमा श्वेतपत्र प्रस्तुत गर्दै पूर्वमुख्यमन्त्री पौडेलले प्रतिष्ठानले अध्ययन अनुसन्धान र चिकित्सा शिक्षाको क्षेत्रमा गरेका उल्लेख्य कामहरुको समेत चर्चा गरे। यस प्रतिष्ठानमा स्वास्थ्य विज्ञानअन्तर्गतका विभिन्न विषयहरुमा २७० जना विद्यार्थीहरु अध्ययनरत रहेको उनले बताए ।

कानूनी रुपमा भएको व्यवस्थालाई अदालतले निर्णयद्वारा पुनर्पुष्टी गरिसकेकोले प्रतिष्ठानसँग हेटौंडा अस्पताललाई अलग गर्नुपर्छ भन्ने अभिव्यक्ति, भ्रम, कुण्ठा र राजनैतिक प्रतिशोध बाहेक केहि होइन भन्ने तथ्य सबैले बुझ्नु आवश्यक रहेको उनले बताए। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बागमती प्रदेशको गौरवको योजना र कार्यक्रम रहेको कारण यसप्रति गलत प्रचार गर्न नहुने पूर्वमुख्यमन्त्री पौडेलले बताए।

प्रतिक्रिया