पेट्रोल र डिजेलको मूल्य घट्यो

पालिका डायरी
२ जेष्ठ २०८१, २१:०६
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलको २१, डिजेल-मट्टीतेलको २७ रुपैयाँले बढ्यो

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ७ र डिजेलमा ५ रुपैयाँले मूल्य घटाएको हो ।

जसअनुसार पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५, दोस्रोमा १७०, तेस्रोमा १७१ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेलको प्रतिलिटर पहिलो वर्गमा १५१.५, दोस्रोमा १५३ र तेस्रो वर्गमा १५४ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

घटेको मूल्य आजै रातिदेखि लागू हुने निगमले उल्लेख गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

 

प्रतिक्रिया