सबै नीतिमा स्वास्थ्यलाई कार्यान्वयनमा  ल्याउन सबै मन्त्रालय तत्पर रहन्छ : स्वास्थ्य मन्त्री श्रेष्ठ

पालिका डायरी
३१ बैशाख २०८१, १९:५२
सबै नीतिमा स्वास्थ्यलाई कार्यान्वयनमा  ल्याउन सबै मन्त्रालय तत्पर रहन्छ : स्वास्थ्य मन्त्री श्रेष्ठ

हेटौंडा / बागमती प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले सबै नीतिमा स्वास्थ्य क्षेत्रलाई कार्यन्वयनमा ल्याउन सबै मन्त्रालय तत्पर रहने बताउनुभएको छ । सोमबार बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा सबै नितीमा स्वास्थ्य निर्देशक समितिको बैठकमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । बैठकमा बोल्दै मन्त्री श्रेष्ठले स्वस्थ र निरोगी जीवनशैलीका लागी आफ्नो जीवनयापन पनि ठिक  राख्न जरुरी रहेको बताए।  स्वस्थ हुनका लागी खानपानमा ध्यान दिनुपर्ने बताउदैन मनोसामाजिक स्वास्थ्यमा पनि ध्यान दिन अत्यावश्यक भएको उनकाे भनाई छ । स्वास्थ्य क्षेत्रमा आत्महत्या न्यूनीकरणलाई पहिलो प्राथमिकतामा राखिएको  बैठकमा जानकारी गराए ।

सबै नीति  स्वास्थ्य कार्यान्वयन निर्देशिका २०८१ को दफा अनुसार सबै नीतिमा स्वास्थ्य निर्देशक समितिको बैठकमा  बागमती प्रदेश सरकारका का. मु प्रमुख सचिव श्री गोविन्द बहादुर कार्कीको अध्यक्षतामा भएको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको निजी सचिव लक्ष्मी कुमार, सामाजिक विकास मन्त्रालयको सचिव खुबिराम अधिकारी, भौतिक पूर्वाधार विकास मन्त्रालयको महाशाखा प्रमुख रमेश महर्जन , कृषि तथा पशुपन्छी  विकास मन्त्रालयको सचिव भरत प्रसाद बिडारी , श्रम, रोजगार तथा यातायात मन्त्रालयको सचिव पेसल कुमार, स्वास्थ्य मन्त्रालयका बद्रि बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।


उक्त  बैठकले आज निम्न निर्णयहरु गरेको थियो ।

१. बागमती प्रदेशका सबै विषयगत मन्त्रालयको सहभागितामा स्वास्थ्य मन्त्रालयको नेतृत्वमा तयार गरी २०८० साल फागुन ०८ गते प्रदेश मन्त्रिपरिषद् स्वीकृत भई २०८० साल चैत्र ०८ गते प्रदेश राजपत्रमा प्रकाशित सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०”मा उल्लेखित विषयगत मन्त्रालयले गर्नुपर्ने स्वास्थ्य सम्बन्धि कृयाकलापहरू मावि छलफल गरी आगामी आ.व.को नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा उक्त क्रियाकलापहरूलाई समावेश गर्न अनुरोध गर्ने।

२. सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०” को दफा ८ (ग) अनुसार सबै मन्त्रालयले एकजना सबै नीतिमा स्वास्थ्य सम्पर्क व्यक्ति तोकी २०८१ साल जेष्ठ १५ गतेभित्र मन्त्रालयमा जानकारी गराउने।

३. स्वास्थ्य मन्त्रालयद्वारा सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०” को दफा ९ को उपदफा ९५० बमोजिमको कार्यविधि तयार गरी आगामी बैठकमा पेश गर्ने।

४. सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०” को कार्यान्वयनका लागि सबै सरोकारवाला निकायसम्म प्रचारप्रसार गर्न माननीय मुख्यमन्त्रीज्यू तथा विषयगत मन्त्रालयका माननीय मन्त्रीज्यूहरूलाई आमन्त्रण गरी २०८१ जेष्ठ महिनाभित्र सार्वजनिकीकरण कार्यशाला गोष्ठी गर्ने ।

५. बागमती प्रदेश सरकारले जारी गरेको ूसबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०” लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि उक्त निर्देशिकामा उल्लेख भएका क्रियाकलापहरूलाई स्थानीय तहको आगामी बजेट तथा कार्यक्रम तर्जुमा गर्दा समावेश गर्नका लागि बागमती प्रदेशका सबै स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयमार्फत अनुरोध गर्ने।

प्रतिक्रिया