त्रिभुवन विमानस्थलबाट ५ किलो सुनसहित २ भारतीय पक्राउ

पालिका डायरी
३१ बैशाख २०८१, १०:२०
९ केजी सुन बोकेर किन नेपाल आए यि क्यानडेली नागरिक ?

लगाएकाे कपडामा सुन लेपन गरेर नेपाल आउँदै गरेका दुईजना भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।

उनीहरुकाे साथबाट प्रहरीले पाँच किलाे भन्दा धेरै सुन बरामद गरेकाे छ । विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार दुबईबाट काठमाडौँ आउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक ३३ वर्षीय सुरेशकुमार र ३४ वर्षीय मोहनकुमार गणेशन रहेका एएसएसपी शर्माले बताए । सुरेशकुमारको साथबाट २ किलो ६ सय ग्राम र गणेशनको साथबाट २ किलो पाँच सय ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ । सुरेशकुमारले लगाएको सेतो रंगको टिसर्ट, निलो रङकै पेन्टी र कालो रङको जिन्स पाइन्टमा लेपन पेस्ट गरिएको अवस्थामा २ किलो ६ सय ग्राम सुन बरामद भएको हो।

त्यसैगरी गणेशनले लगाएको कालो रङको टिसर्ट, निलो पेन्टी र निलै रङको जिन्स पाइन्टमा पेस्ट गरिएको अवस्थामा २ किलो ५ सय ग्राम सुन बरामद गरिएको एसएसपी शर्माले जानकारी दिए ।

प्रतिक्रिया