बागमती प्रदेशका मुख्यमन्त्री बिरामी, काठमाडौँबाट हेलिकोप्टर पठाइयो

पालिका डायरी
२५ बैशाख २०८१, १२:५९
मुख्यमन्त्री जम्कट्टेलको काँधमा ७ मन्त्रालयको जिम्मेवारी

कार्यक्रमको सिलसिलामा सिन्धुलीमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । उनमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको बताइएको छ ।

मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्य गम्भीर देखिएपछि काठमाडौँ ल्याउन सेनाको हेलिकोप्टर पठाइएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले  जानकारी दिए । उनको प्रेसर पनि अत्यधिक लो रहेको बताइएको छ ।

सेनाको हेलिकोप्टरले उनलाई काठमाडौँ ल्याएर नर्भिक अस्पतालमा उपचार गर्ने तयारी भइरहेको छ । मुख्यमन्त्री जम्कट्टेल रामेछापको खानेपानी आयोजना उद्घाटनको सिलसिलामा सिन्धुली पुगेका थिए ।

प्रतिक्रिया