मकवानपुरकी दुई महिला वीरगञ्जबाट पक्राउ

पालिका डायरी
२३ बैशाख २०८१, १३:४५
मकवानपुरकी दुई महिला वीरगञ्जबाट पक्राउ

हेटौंडा / मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर २ बस्ने दुई महिला अवैध लागुऔषध गाँजासहित वीरगञ्जबाट पक्राउ परेकी छिन् ।

वीरगंज महानगरपालिका–२१ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब १० किलोसहित दुई महिलालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मकवानपुर राक्सिराङ गाउँपालिका–२ ठुमको टोल बस्ने ४२ वर्षीया ईन्द्र कुमारी चेवाङ र ३६ वर्षीया फुलमाया स्याङबो रहेकी छिन् ।

प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले नारायणगढ चितवनबाट वीरगंजतर्फ आउँदै गरेको बा.४ ख ५९३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया