कमल थापाको टिप्पणी- नेपाली नोटमा चुच्चे नक्शा राख्ने निर्णय सस्तो लोकरिझ्याई

पालिका डायरी
२२ बैशाख २०८१, ११:३४
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा अब राजसंस्था पुनर्स्थापनाको सम्भावना नरहेको टिप्पणी गरेका छन् । शनिबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष थापाले राजतन्त्र र गणतन्त्रको अभ्यास जनताले बुझेको भन्दै अब राजसंस्था पुनर्स्थापना नहुने बताएका हुन् । थापाले राप्रपाले हिन्दुराज्यको एजेन्डा रोकिएकोले नयाँ पार्टी स्थापना गर्नु परेको बताए । उनले राप्रपामा सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हाबी भएको आरोप समेत लगाए । ‘अहिले राप्रपाका साथीहरु हामीले कमाइदिएको पुँजीमा रमाउनु भएको छ, थापाले भने । साथै, उनले राप्रपा नेपालको तुनाव चिन्ह बुझाँउन गाह्रो भएकाले सूर्य चिन्हबाट चुनाव लड्न लागेको स्पष्ट पारेका थिए । file photo

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सय रुपैयाँको नोटमा चुच्चे नक्शा राख्ने निरन्य सस्तो लोकरिझ्याई भएको टिप्पणी गरेका छन् ।

अध्यक्ष थापाले सीमा मिचिएको बारे बोल्न नसक्ने, इपिजी बारे कुरा गर्न डराउने, जलस्रोतमा भरतीय एकाधिकार कायम गराउने सरकारले नेपाली नोटमा चुच्चे नक्शा राख्ने निर्णय गर्नु सस्तो लोकरिझ्याई भएको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्-

सिमा मिचिएकोवारे चुईक्क बोल्न नसक्ने,भारत रिसाउँछ भनेर ईपिजीवारे कुरा गर्न डराउने,नेपालको जलश्रोतमा भारतीय एकाधिकार कायम गराईदिने वर्तमान सरकारले नेपाली नोटमा चुच्चेनक्सा राख्ने निर्णयगर्नु सस्तो लोकरिझ्याईँ मात्र हो ।  कुटनीति सस्तो लोकप्रियताको विषय होइन ।

प्रतिक्रिया