चितवनमा गैँडाको आक्रमणबाट ७२ वर्षीय वृद्ध घाइते
![](https://www.palikadiary.com/wp-content/uploads/2023/05/bardia-gaida-camp-resort.jpg)
हेटौंडा / चितवनको भरतपुर महानगरपालिका २२ पटिहानीमा शुक्रबार गैँडाको आक्रमणबाट एकजना घाईते भएका छन् ।
घाइते हुनेमा भरतपुर महानगरपालिका २२ पटिहानीका ७२ वर्षीय टंक बहादुर पाण्डे रहेको छन् । पाण्डे आफ्नै मकै बारीमा काम गर्ने क्रममा जंगली गैँडाले आक्रमण गरि घाईते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
गैँडाको आक्रमणबाट घाईते पाण्डेको शरीरको विभिन्न भागमा चोट लागेको छ । उनलाई उपचारको लागि सरकारी अस्पताल भरतपुर पठाएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया