भुवनेश्वर सेवा समितिको अध्यक्षमा पाण्डे सर्वसम्मत

पालिका डायरी
१८ बैशाख २०८१, १२:३६

हेटौंडा / हेटौंडा ४ स्थित भुवनेश्वर (पशुपति मन्दिर) सेवा समितिको अध्यक्षमा पुनः जगन्नाथ पाण्डे चयन भएका छन् ।

सोमबार सम्पन्न ११ औँ अधिवेशनले पाण्डेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा तेजप्रसाद रुपाखेती, उपाध्यक्षमा राम बिडारी, सचिवमा नानीराम अर्याल, सहसचिवमा केशव देवकोटा र शान्ति श्रेष्ठ एवम् कोषाध्यक्षमा पूर्णमान श्रेष्ठ चयन भएका छन् । समितिको सदस्य पछि टुंग्याउने बताएका छन् ।

बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा समितिका अध्यक्ष पाण्डेको सभाध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।

प्रतिक्रिया