नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मकवानपुरद्वारा आयाेजित अन्तरक्रिया कार्यक्रम सम्पन्न

राम कुमार दानी
१५ बैशाख २०८१
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मकवानपुरद्वारा आयाेजित अन्तरक्रिया कार्यक्रम सम्पन्न

राम कुमार दानी

हेटौंडा / ”श्रम संसारको परिवर्तन संगसंगै सुदृढ व्यवसायजन्य सुरक्षा र स्वास्थ्य”  भन्‍ने नाराका साथ नेपाल ट्रेड युनियन महासंघ ( जिफन्ट ) मकवानपुर को आयोजनामा अन्तराष्ट्रिय श्रमिक स्मृति सङ सम्बन्धित रहेर अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । 

कारखानामा कार्यरत घाइते, अपांग र मृत्यु वरण गरेका  श्रमिकहरूको सम्झनामा मनाइने अन्तराष्ट्रिय श्रमिक स्मृति दिवस नेपाल ट्रेड युनियन जिफन्ट मकवानपुर जिल्ला अध्यक्ष बिक्रम लामाको सभा अध्यक्षता तथा नेकपा एमाले पोलिट बिउरो सदस्य तथा मकवानपुर जिल्ला  इन्चार्ज :- देवी ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको हो ।

प्रमुख अतिथि ज्ञवालीले  मजदुरहरूको रूपान्तरणको लागि अगाडि बढेको जिफन्टलाई धन्यवाद ज्ञापन गर्दै  गौरवसालि इतिहास बोकेको नेपाल ट्रेड युनियनले औपचारिक क्षेत्रहरूमा कार्यरत श्रमिकलाई  न्यूनतम पारिश्रमिक निर्धारण गर्न पहल मात्र हैन पुरा गरेको बताए । खराब ठाउँ बाट सही दाउमा ल्याउन अहोरात्र लागेको जिफन्ट  अहिले कुरा भन्दा पनि काम गरेर अगाडि बढेको बताए । ज्ञवालीले भने समयमा ध्यान नदिदा हेटौंडा कपडा उद्योग बन्द भएकाे र उता हेटौंडा सिमेन्ट उधोग बन्‍द हुने अवस्थामा  पुगेको बताए ।  समय अनुसारको प्रविधि र मेसिनहरुको प्रयोग गरेर मजदुरलाई पनि सेर होल्डर बनाएर काम गर्दा उद्याेग व्यवस्थित हुने उनकाे भनाइ छ ।

व्यवस्थापन राम्राे भएकाे भए हेटौंडाको कपडा कारखाना जस्तो उद्याेग बन्द हुने थिएन उनले भने । कारखाना सञ्चालन गर्न  सबै भन्दा ठुलो सम्पती मजदुर भएकोले मजदुरको सम्मान गर्न उद्योगपतिलाई आग्रह गरे । यसरी  मजदुरको स्वास्थ्य सुरक्षामा उद्योगहरूले ध्यान नदिने हो भने त्यही उद्याेगनै धराशायी हुने बताए । ज्ञवालीले आफ्नो हितको निम्ति मात्र नभइ अरुको हितको लागि पनि हामी अगाडि बढ्दै  सङ्गठनको गरिमा बढाउन  नेपाल ट्रेड युनियन जिफन्ट एउटा असाध्यै सम्भावना बोकेको नेकपा एमालेको घटक सङ्गठन भएकाले निर्धक्क भएर काम गर्न आग्रह गरे । 

कार्यक्रममा तुलाइ प्रसाद रिजाल, श्रम कार्यलय हेटौंडाको प्रमुख छन्द नारायण श्रेष्ठ, जिफन्टका नेताहरू गीता कार्की, अर्जुन अर्याल, लाल कृष्ण प्याकुरेल, गोकर्ण खनाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम जिफन्ट हेटौंडा उपमहानगरपालिका कमिटीको अध्यक्ष शम्भु लामाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया