नेवार समुदाय कला र भाषाकाे संरक्षण र प्रवर्द्धन गर्न निरन्तर लागी परेको छः स्वास्थ्य मन्त्री श्रेष्ठ

पालिका डायरी
१५ बैशाख २०८१, २१:०८
नेवार समुदाय कला र भाषाकाे संरक्षण र प्रवर्द्धन गर्न निरन्तर लागी परेको छः स्वास्थ्य मन्त्री श्रेष्ठ

हेटौंडा / बागमती प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले नेवार समुदाय राजनीतिक देखि राष्ट्र निर्माण गर्ने कार्यमा समेत कला र भाषा संरक्षण र प्रबर्द्धनका लागि निरन्तर लागिरहेको बताएका छन् ।

शनिबार नेवा गुठी खल मकवानपुरको तेश्रो साधारण सभामा नेवाः एक चिनारी स्मारिका विमोचन एवम् सम्मान कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। हिजोको दिनमा उपत्यकामा मात्र नेवार समुदायको बाहुल्यता थियो र त्यहीबाट कलाको संरक्षण प्रवर्द्धन भइरहेको थियो भने आज नेपालको धेरै  भूभागशहरहरूमा पनि विभिन्न माध्यमबाट  फैलिएर आफ्नो संस्कृति, भाषा र कलाको जर्गेना गरि महत्वपूर्ण योगदान खेलेकोमा सम्पूर्ण  नेवार समुदाय धन्यवादको पात्र समेत रहेको मन्त्री श्रेष्ठले बताए । आफ्नो भाषा, धर्म र संस्कृति जोगाउन गरिएको योगदान प्रति सम्मान समेत व्यक्त गरे ।

संस्कृति जोगाउन मात्र नभइ व्यापार व्यवसाय, उद्योगधन्दा समेत गरि रोजगारी सिर्जना गर्दै उद्यमि समेत उत्पादन गरि राष्ट्रको पूँजी निर्माणमा नेवार समुदायको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाई थियो । हरेक आन्दोलन र परिवर्तनमा समेत नेवारी समुदायको महत्वपूर्ण  उपस्थित रहेको भन्दै नेपालको परिवर्तनमा  नेवार समुदायको थुप्रै अग्रज नेताहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए । 

बागमती प्रदेशले नेवारी र तामाङ भाषालाई कामकाजको भाषाको रुपमा पनि स्थापना गरिसकेको र त्यसमा नेवार समुदायको महत्त्वपूर्ण योगदान रहेको प्रष्ट पारे। अहिले नेवार समुदायले संस्कृति जगेर्ना गरि भोज भतेर जस्ता तडकभडक मात्र नगरी त्यस भन्दा अलि फरक ढंगबाट नेवार समुदायले हेटौंडा बजारमा जन्मे देखि मर्नेबेला सम्मको विधि र संस्कृतिलाई पुस्तान्तरण गर्न जरुरी रहेको श्रेष्ठ भनाइ थियो ।

नेवा गुठी खल मकवानपुरका अध्यक्ष अनिल कृष्ण खड्गेको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश खानेपानी, उर्जा तथा सिचाइ मन्त्री एकलाल श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य लक्ष्मी देवी श्रेष्ठ, श्री सत्य ओम बाबा , नेवा देय दवु, बागमती प्रदेश अध्यक्ष विष्णु गोपाल महर्जन, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट सञ्चालक पुरन बहादुर जोशी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया