पानीघाट नजिकै यात्रु बाहक सुमो दुर्घटनामा

पालिका डायरी
१३ बैशाख २०८१
accident palika

थानकोट-चित्लाङ सडक खण्ड अन्तर्गत पानीघाट नजिकै काठमाडाैंबाट हेटाैंडातर्फ आउदै गरेको यात्रु बाहक सुमो दुर्घटनामा परेको छ ।

प्रहरी वृत्त थानकोटका अनुसार बा १ ज ६२६१ नम्बरको सुमो दुर्घटनामा परेको हो ।

दुर्घटनास्थलमा उद्दार कार्य जारी रहेकोले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त थानकोटले दिएको जानकारी अनुसार बाघभैरव सुमो सेवाबाट सञ्चालित उक्त जीप दुर्घटना हुँदा मानवीय क्षति नभएको प्रारम्भिक विवरण छ ।

प्रतिक्रिया