मन्त्री श्रेष्ठद्वारा नुवाकोटको उद्योग तथा वाणिज्य कार्यालय निरीक्षण 

पालिका डायरी
६ बैशाख २०८१

हेटौंडा / बागमती प्रदेश सरकारका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले उद्योग तथा वाणिज्य कार्यालयको निरीक्षण गर्नु भएको छ । 

बिहीबार नुवाकोटको विदुर स्थित बागमती प्रदेश सरकार मातहतको उद्योग तथा वाणिज्य कार्यालयको निरीक्षण गर्नु भएको हो । निरीक्षणको क्रममा मन्त्री श्रेष्ठले कार्यालय प्रमुख किशोर सापकोटालाई आवश्यक निर्देशन दिएका छन् ।

त्यस्तै, उद्योग तथा वाणिज्य सँग जोडिएकोले कार्यालय भएका कारण उद्योग र वाणिज्य क्षेत्रमा देखिएको समस्याको समाधानमा लाग्न प्रमुख सापकोटालाई निर्देशन समेत दिनु भएको छ ।

प्रतिक्रिया