बागमतीका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते सोमबार विश्वासको मत लिने भएका छन् ।
शुक्रबार नेकपा माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख सचेतक रत्नप्रसाद ढकालले प्रदेश सभामा विश्वासको मतको प्रस्ताव दर्ता गराएका हुन् । गत फागुन २३ गते नेपाली कांग्रेसको ६ जना मन्त्रीले पदबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
अल्पमतमा परेको २७ औँ दिनमा विश्वासको मत लिने तयारी गरेका हुन् । सरकार गठनका लागि बहुमत पुग्नेमा ढुक्क भएपछि विश्वासको मतका लागि प्रस्ताव दर्ता गरिएको प्रमुख सचेतक ढकालले बताए ।
प्रतिक्रिया