हानेपाका बज्राचार्यले लिए पर्यटन मन्त्रीको शपथ

पालिका डायरी
१५ चैत्र २०८०, १९:२५
हानेपाका बज्राचार्यले लिए पर्यटन मन्त्रीको शपथ

हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्रचार्य बागमती प्रदेश सरकारमा सहभागी भएका छन् ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन् । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम उनी मन्त्री पदमा नियुक्त हुँदै शपथ ग्रहण गरे । उनले नेपाल भाषामा शपथ लिएका हुन् । यसअघि मंगलबार मात्रै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हानेपा सरकारमा सहभागी भएको हो ।

११० सांसद रहेको बागमतीमा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ। नयाँ गठबन्धनका रहेका दलहरूले बहुमत पुर्याउन नसक्दा साना दलहरूसँग नियमित छलफलमा थिए ।

अहिलेको गठबन्धनमा एमालेको २७, माओवादीको २१ र एकीकृत समाजवादीको सात गरी जम्मा ५५ सांसद छन्। हानेपाको समर्थन पाएपछि अब सरकार जोगाउन आवश्यक ५६ सांसद पर्याप्त भएको छ ।

प्रतिक्रिया
IMG_3545