शेयर बजार दोहोरो अङ्कले बढ्यो, नेप्से १३.५१ अङ्कले बढि २,०३०.५५ बिन्दुमा

पालिका डायरी
२४ फाल्गुन २०८०, १७:२३
शेयर बजार ७१ अङ्कले बढ्यो, बीमा समूहमा हरियाली, १७ वटा कम्पनीको शेयरमा सर्किट

नेपाली शेयर बजारमा आज उत्साहजनक सुधार देखिएको छ। शेयर सूचक नेप्से परिसूचक १३.५१ अङ्कले बढेर २,०३०.५५ बिन्दुमा पुगेको छ।

जलविद्युत् र निर्जीवन बीमा समूहको शेयरमा उच्च मूल्य वृद्धि भएको छ। पिपुल्स हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने साम्लिङ्ग पावर कम्पनीको शेयर पाँच प्रतिशतभन्दा बढीले घटेको छ।

आज ८९ लाख २९ हजार कित्ता शेयर रु ३ अर्ब १९ करोड बराबरमा कारोबार भएका छन्। सबैभन्दा बढी नेपाल रिइन्सुरेन्स कम्पनीको शेयर रु ५६ करोडमा किनबेच भएको छ।

 

प्रतिक्रिया
Share_nepse_market_aXzVpjR70b