बकैयामा बाघको आक्रमणबाट १९ बाख्रा मरे

पालिका डायरी
२८ माघ २०८०, १८:५५
बकैयामा बाघको आक्रमणबाट १९ बाख्रा मरे

हेटौंडा / बकैया गाउँपालिकामा बाघको आक्रमणबाट १९ वटा खसीबाख्रा मरेका छ्न् । बकैया गाउँपालिका–६ स्थित सुधामा बाघको आक्रमणबाट स्थानीय तीन कृषकका १९ वटा बाख्रा र खसी मरेको हो ।

आइतबार घर नजिकै पाखामा चराउन छोडेको समयमा बागले आक्रमण गरेको वडाध्यक्ष फूलमान भोम्जनले जानकारी दिए । उनकाअनुसार स्थानीय डम्बर बहादुर बोम्जमको ११ वटा खसीबाख्रा बाघले मारेको छ भने सोही ठाउँकी कान्छिमाया भोम्जमको ५ र गंगाराज भोम्जमको ३ वटा बाख्रा बाघले मारेको अवस्थामा फेला परेको हो ।

‘घर नजिकैको पाखामा चरनका लागि छोड्ने गरेको थिए।’ वडाध्यक्ष भोम्जनले भने, ‘सोही बेलामा बाघले तीन घरको १९ वटा बाख्रा र खसी मारेछ । सबै बाख्राहरुको गर्धनमा आक्रमण भएको पाइएको छ।’ जसबाट किसानहरुको लाखौं रूपैयाँ बराबरको क्षति भएको उनले बताए । बाघको आक्रमणबाट हालसम्म मानवीय क्षति भने नभएको वडाध्यक्ष भोम्जनले जानकारी दिए ।

 

प्रतिक्रिया