मनहरी महोत्सवको लागि चेपाङ घर निर्माण हुँदै  पान्दे आफै धुरी चढे 

पालिका डायरी
१४ माघ २०८०, १०:३८
मनहरी महोत्सवको लागि चेपाङ घर निर्माण हुँदै  पान्दे आफै धुरी चढे 

पाँचौं मनहरी महोत्सवको पूर्व सन्ध्यामा महोत्सवको लागि स्टल देखि बाल उद्यान लगायत अन्य भौतिक निर्माणका कार्य द्रुत गतिमा भइरहेको छ । यसै बिच मनहरी महोत्सवलाई विशेष बनाउने विश्वास लिइएको  चेपाङ घरको निर्माण पनि द्रुत गतिमा भइरहेको छ ।

चेपाङ घर बन्नु त सामान्य हो तर चेपाङ समुदायका अगुवा मान बहादुर प्रजा चेपाङ समुदायका  पान्दे आफै निर्माणधीन घर छाउन आफै धुरी चढेका हुन्। मनहरी ७ प्यान्चे घर भएका चेपाङ पान्दे मान बहादुरले आफ्नो कला ,संस्कृति  महोत्सवमा आउने आम जनतालाई देखाउने अवसर दिने आयोजक उद्योग वाणिज्य पश्चिम क्षेत्र समिति मनहरीलाई धन्यवाद समेत दिए ।

महोत्सवको मूल गेटसङ्गै दाहिने पट्टि निर्माण भइरहेको चेपाङ घरमा महोत्सव अवधिभर चेपाङ समुदायको संस्कृति सम्बन्धी जानकारी दिने र  ढ्याङ्ग्रो फलाक्ने लगायतका अन्य गतिविधि निरन्तर चल्ने चेपाङ  पान्दे मान बहादुरले बताउनुभयो ।

पछिल्लो समयमा चेपाङ समुदायका मान्छेहरूले आफ्नो धर्म बिर्सदैन गएकोले आफ्नो समुदायको कला संस्कृति लोप हुने अवस्थामा पुगेको प्रति चिन्तित रहेको पनि बताउनुभयो । पान्दे मान बहादुर आफ्ना आफन्तको सहयोग लिएर महोत्सवमा प्रदर्शनीमा रहने चेपाङ घरको निर्माणमा लागेका हुन्।

प्रतिक्रिया