औपचारिक रुपमा सामाजिक सुरक्षा योजना सुरुवात गर्ने देशकै पहिलो गाउँपालिका भीमफेदी

पालिका डायरी
१३ माघ २०८०, २१:३१

हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिकाले योगदानमा आधारित अनौपचारिक क्षेत्रका श्रमिकहरूको सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको छ । देशकै पहिलो गाउँपालिकाको रुपमा भीमफेदीले सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको हो । 

भीमफेदीमा आयोजना भएको कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेका हुन् । सामाजिक सुरक्षा कोषमा श्रमिक पञ्जिकरण गरि औपचारिक रुपमा शुभारम्भ गर्नेमा भीमफेदी गाउँपालिका देशकै पहिलो भएको छ। योगदानमा आधारित सामाजिक सुरक्षा  कार्यन्वयनमा भीमफेदी गाउँपालिकाले इतिहास रचेको छ । योजनाको पहिलो चरणमा भीमफेदी गाउँपालिकामा सूचिकृत ९८ जना अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई प्रमुख अतिथिले सामाजिक सुरक्षा कार्ड बितरण गर्नु भएको थियो ।


कार्यक्रममा संघीय  सांसद महेश कुमार बर्तौला ,ट्रेड युनियनहरूको तर्फ वाट जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, प्रमुख जिल्ला अधिकारी सूर्य सेढाई, कोसको कार्यालयका उप निर्देशक विवेक पन्थि, जिल्ला समन्वय प्रमुख लालित घलान लगायतका अतिथिहरूले शुभकामना दिएका थियो ।


प्रमुख अतिथि घिमिरेले श्रमिकको सामाजिक सुरक्षा प्राप्त गर्ने कुरा  मौलिक हकमा नै उल्लेख भएको र सो को कार्यान्वयनका लागि कानुन निर्माण गरिएको बताउनु भयो । श्रमिकको अवस्था परिवर्तन गर्नका लागि यो  कोस महत्वपूर्ण हुने र श्रमिकको सम्रीद्दी सँगै राष्ट्रको सम्रीद्दीका लागि यो कोसको महत्व रहेको हुँदा  भिमफेदी गाउँपालिकाले शुभारम्भ गरेको आजको दिन  ऐतिहासिक दिन हुने बताउनु भयो । प्रमुख अतिथि घिमिरेले यो कोस स्थापना र कार्यान्वयनमा जिफन्टले खेलेको महत्वपूर्ण भूमिकाको चर्चा गर्दै कानुन कार्यान्वयनका लागि भीमफेदी गाउँपालिकाले शुभारम्भ गरेकोमा  धन्यवाद व्यक्त गर्नु भयो ।


कार्यक्रमका अध्यक्ष हिदम लामाले प्रमुख अतिथि, अतिथिहरुलाई कार्यक्रममा उपस्थितको लागि धन्यवाद दिदै हरेक वर्ष श्रमिकको सूचीकरण गर्ने संख्या थप गर्दै जाने र सम्रीद्द भिमफेदी गाउँपालिका निर्माणका लागि आफ्नो पहल कदमी निरन्तर रहने कुरा व्यक्त गरे।

प्रतिक्रिया
IMG_0377