सहिद सप्ताहमा भएको बक्तृत्वकलामा हेटौंडा १९ की सपना प्रथम

पालिका डायरी
१३ माघ २०८०, १५:११
सहिद सप्ताहमा भएको बक्तृत्वकलामा हेटौंडा १९ की सपना प्रथम

हेटौंडा / सहिद र मदन भण्डारीको सपना साकार पार्नका लागि नवयुवाको भूमिका विषयक बक्तृत्वकलामा हेटौंडा १९ की  सपना बर्तौला प्रथम भएकी छिन् ।

मदन भण्डारी फाउन्डेसन मकवानपुरको  व्यवस्थापनमा सहिद स्मारक विकास समितिले सहिद दिवसको अवसरमा शनिबार आयोजना गरेको सहिद सप्ताह कार्यक्रममा भएको बक्तृत्वकलामा बर्तौला  प्रथम भएकी हुन । यस्तै कार्यक्रममा  हेटौंडा ५ कि आकाङ्क्षा निरौला  दोस्रो, हेटौंडा  ४ की दर्शना सापकोटा तेस्रो भइन भने हेटौंडा  ९ की अभीप्सा पौडेल  सान्त्वना भएको  छिन् । विजेताहरुले क्रमशः १० हजार, ७ हजार, ५ हजार र १ हजार नगद पुरस्कार रहेको छ ।

बक्त्तृवकलाका लागि १६ जनाले सहभागिता जनाएका थिए । निर्णयकमा घनश्याम घिमिरे, भावना सापकोटा र अमृत बर्तौला रहेका थियो । कार्यक्रममा बोल्दै बागमती प्रदेशका प्रथम मुख्यमन्त्री तथा सहिद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलले सहिदका सपना साकार पार्न सबैको भूमिका अपरिहार्य रहने बताए  । सहिद र जननेता मदन भण्डारीले देखाएको बाटोमा हामी हिड्‌न जरुरी रहेको उनको भनाई थियो । राजनीति निषेध भन्दा पनि गलत नेतृत्वलाई निषेध गर्नुपर्ने बताएका छन् । 

कार्यक्रमका सहभागीहरूलाई प्रमाणपत्र शनिबार नै बितरण गरीको थियो भने बिजेताहरूलाई १५ गते प्रमाणपत्र तथा पुरस्कार बितरण गरिने छ । 

प्रतिक्रिया