सहिद सप्ताह कार्यक्रममा ३३ जनाले गरे रक्तदान 

पालिका डायरी
१३ माघ २०८०, १३:११

हेटौंडा / सहिद सप्ताहको चौथो दिन सहिद स्मारकमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियाे साेही कार्यक्रममा ३३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक तथा नेपाल रेडक्रस सोसाइटी ११ नम्बरका सचिव अन्जन पौडेलले जानकारी दिएका छन् ।

सहिद स्मारक विकास समितिले सहिद दिवस सप्ताह व्यापी कार्यक्रम गरि मनाउँदैछ । सोही अनुसार शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।कार्यक्रमको पहिलो दिन १० गते बुद्ध, मायादेवी, इन्द्र तथा ब्रह्माको प्रतिमा सहितको पार्कको उद्घाटन गरिएको सचिव रघुनाथ खुलालले जानकारी दिए ।

त्यस्तै माघ ११ गते कृषि हस्तकला तथा पर्यटकीय वस्तुहरूको प्रबर्द्धन मेलाको शुभारम्भ, विविध सांस्कृतिक कार्यक्रम तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम, माघ १२ गते वडा स्तरीय नृत्य प्रतियोगिता भएको थियो ।  माघ १४ गते वडा स्तरीय वक्तृत्वकला प्रतियोगिता, माघ १५ गते राष्ट्रिय कलाकारहरूको सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण र शिक्षक खल्ला दौड प्रतियोगिता तथा अन्तिम दिन माघ १६ गते प्रभातफेरी, सहिद प्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचन तथा समापन कार्यक्रम हुने सहिद स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले जानकारी दिएका छन् ।

प्रतिक्रिया