राष्ट्रिय युवा संघ मकवानपुरको संयोजकमा नगरकोटी चयन

पालिका डायरी
१० माघ २०८०, १८:०३
राष्ट्रिय युवा संघ मकवानपुरको नेतृत्व चयन, राजेश नगरकोटी संयोजक

हेटौंडा / राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको संयोजकमा राजेश नगरकोटी चयन भएका छन् ।

बुधबार हेटौंडामा भएको बिस्तारित बैठकबाट नगरकोटीको संयोजकत्वमा ७७ सदस्यीय जिल्ला कमिटि चयन भएको हो । कमिटिको सहसंयोजक सबिन लामा चयन भएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल मकवानपुर अध्यक्ष लक्ष्मण उप्रेतिको सभाध्यक्षता र राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । भेलालाई सम्बोधन गर्दै युवा संघका केन्द्रीय उपाध्यक्ष केसीले नयाँ नेतृत्व चयनसँगै संगठनमा नयाँ गति पैदा हुने र कमी कमजोरी हटाई संगठनलाई सशक्त बनाउन र युवामा आकर्षण बढाउन सहयोग पुग्ने विस्वास लिएको बताए । उनले भने,‘सबल पार्टीको लागि सशक्त युवा संघ आवश्यक छ।

त्यसैले यो सदस्य विस्तार, व्यवस्थापन र सदृढीकरणको अभियानमा लाग्नु पर्नेमा जोड दिए । उपाध्यक्ष केसीले जनजीविकाका मुद्दा बोक्न, युवाका समस्या समाधानमा लाग्न र आत्मनिर्भर बनाउन युवालाई शिक्षा, सीप, श्रम र उत्पादनसँग जोड्ने लक्ष्य लिन समेत आग्रह गरे । युवामा आशा जगाउने र नयाँ नेपाल निर्माण गर्ने अभिभारा युवाकै हो भन्दै नयाँ नेतृत्वले युवामा गति आउने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका लेखा आयोगका प्रमुख सन्तोष चौलागाई, नेकपा एमाले पोलिट्ब्यूरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज देवि ज्ञवाली, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, नेपाल खेलकुद महासंघ महासचिव धरम बहादुर लामा, राष्ट्रिय यूवा संघ नेपाल स्थायी कमिटी सदस्य मिलन पाठक, राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय सदस्य प्रकाश लामा, दिल माया घर्ती, राष्ट्रिय यूवा संघ नेपाल बागमती प्रदेशको कोषाध्यक्ष नरेन्द्र भण्डारी, राष्ट्रिय यूवा संघ नेपाल प्रदेश सदस्य विश्वराज राई, नेकपा एमाले जिल्ला कमिटि सदस्य सानुकुमार लामा, नेकपा एमाले जनसंगठन समन्वयका सहइन्चार्ज आरती पाठक लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया