दूध बोक्ने बोलेरो दुर्घटना, चालकको मृत्यु

बुधबार बिहान पोखराको मेथ्लाङबाट दूध बोकेर आउँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी अरु २ जना घाइते भएका छन्।
प्रहरीका अनुसार, बिहान ९ बजेतिर ग ३ च २६०३ नम्बरको बोलेरो गाडी चिसाखोला भन्ने ठाउँमा सडकबाट २० फिट तल खसेको थियो।
दुर्घटनामा चालक ४९ वर्षीय कृष्णबहादुर थापाको मृत्यु भएको हो। उनको शव परीक्षणका लागि अस्पताल लगिएको छ। त्यस्तै ६९ वर्षीया हिमकला थापा र ७० वर्षीया चन्द्रकला थापा घाइते भएका छन्।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया