नेपालबाट ६ महिनामा ७ अर्ब रुपैयाँभन्दा बढीको चिया कफी निर्यात
नेपालले चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब रुपैयाँभन्दा बढीको कफी तथा चिया निर्यात गरेको छ।
भन्सार विभागका अनुसार यस अवधिमा ७ अर्ब २४ करोड ४६ लाख ५६ हजार रुपैयाँ बराबरको कफी, चिया लगायतका वस्तु निर्यात भएको हो। यसैगरी ५ अर्ब ६८ करोड ११ लाख ५३ हजार रुपैयाँ बराबरको आयात भएको छ।
नेपालले अन्य कृषिजन्य वस्तुमा घाटा व्यहोरे पनि कफी र चियाको निर्यातबाट १ अर्ब ५६ करोड रुपैयाँभन्दा बढी व्यापारिक नाफा आर्जन गरेको छ। सरकारले यस कारोबारबाट १ अर्ब ५४ करोड ७१ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
नेपालबाट अस्ट्रेलिया, फ्रान्स, जापान, कोरिया, नेदरल्यान्ड्स, जर्मनी लगायतका देशमा कफी र चिया निर्यात हुने गरेको छ। अस्ट्रेलिया, चीन, भारतलगायतबाट आयात हुने गरेको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ।
प्रतिक्रिया