दार्चुलामा ड्युटीमा खटिएका दुई प्रहरीमाथि चक्कु प्रहार
दार्चुलाको महाकाली नगरपालिका-१ दहमा आइतबार ड्युटीमा खटिएका दुईजना प्रहरीमाथि स्थानीय २३ वर्षीय युवक उमेश कुँवरले चक्कु प्रहार गरेका छन्।
चक्कु प्रहारबाट प्रहरी हवल्दार जयबहादुर खड्कालाई सामान्य चोट लागेकाे छ । त्यसैगरी प्रहरी जवान डम्मरबहादुर ठगुन्ना भने गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल महाकाली लगिएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार, केही महिना अघि उमेश कुँवरले आफ्नी पत्नीलाई कुटपिट गरेको उजुरी परेपछि उनलाई पक्राउ गर्न दुईजना प्रहरी खटिएका थिए।
तर, प्रहरी देख्नासाथ उमेशले चक्कु बोकेर आक्रमण गरेका थिए। उनले चक्कु प्रहार गरी भाग्न सफल भएका छन् भने उनको खोजी भने जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया