गाउँपालिका अध्यक्षलाई कुटपिटमा प्रयोग गाडीसहित दुईजना पक्राउ

पालिका डायरी
७ माघ २०८०, २०:५०
गाउँपालिका अध्यक्षलाई कुटपिटमा प्रयोग गाडीसहित दुईजना पक्राउ

धनुषाको मुखियापट्टी गाउँपालिकाका अध्यक्ष जयकुमार यादवमाथि भएको आक्रमणमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले आक्रमणमा प्रयोग गरिएको स्कोर्पियो गाडीका चालक अशोक राउत र मियाज अलीलाई पक्राउ गरेको हो।

पक्राउ परेका राउत जनकपुरधाम-१९ का र अली जनकपुरधाम-७ का बासिन्दा हुन्। उनीहरुलाई जनकपुरधाम-१९ बेंगासिहपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीको नियन्त्रणमा मधेस प्रदेश ०२ ००१च १०४७ नम्बरको गाडी पनि रहेको छ। अध्यक्ष यादव बिहीबार राति आफ्नो निवास फर्कँदै गर्दा आक्रमणमा परेका थिए।

प्रतिक्रिया