नेपाल ट्रेड युनियनको एन्टार्टिक बिस्कुट इकाई कमिटीको भेला सम्पन्न
हेटौंडा / नेपाल ट्रेड युनियन महासंघमा आबद्ध एन्टार्टिक बिस्कुट इकाई कमिटीको भेला शनिवार हेटौंडास्थित जिफन्ट कार्यालयको हलमा सम्पन्न भएको छ।
इकाई कमिटी अध्यक्ष सुभराज तामाङ्गको अध्यक्षतामा भएको उक्त भेलामा समग्र उद्योग ट्रेड युनियन नेपालका केन्द्रीय अध्यक्ष आनन्द थामीको प्रमुख आतिथ्यता रहेको थियो।
भेलामा जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्याल, समग्र उद्योग ट्रेड युनियन नेपाल केन्द्रीय कमिटी सचिव गीता भण्डारी, प्रदेश अध्यक्ष बिदुर दानी जिफन्ट मकवानपुर अध्यक्ष बिक्रम सिं स्याङ्गतान, हेटौंडा नगर अध्यक्ष शम्भु लामा लगायतको आतिथ्यता र रहेको थियो ।
भेलालाई समग्र उद्योग ट्रेड युनियन नेपाल केन्द्रीय अध्यक्ष आनन्द थामीले समग्र उद्योग ट्रेड युनियनका बारेमा, जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्यालले ट्रेड युनियनको आधारभूत ज्ञान र सामाजिक सुरक्षाको बारेमा समग्र उद्योग ट्रेड युनियन नेपाल केन्द्रीय कमिटी सचिव गीता भण्डारीले युनियनको गतिबिधिको बारेमा प्रशिक्षण मूलक मन्तव्य र जिफन्ट हेटौंडा अध्यक्ष शम्भु लामाले उद्योग व्यवस्थापन सँग श्रम कार्यालयमा चलिरहेको वार्ताको बारेमा जानकारी मूलक मन्तव्य व्यक्त गरिएको थियो ।
कार्यक्रमको सञ्चालन इकाई सचिव विश्वराज बजगाईँले गरेका थिए भने कार्यक्रममा एन्टाटिक बिस्कुट कारखानाका ९० जना श्रमिकहरूको उपस्थिति रहेको थियो ।


