मोटरसाइकल र कार ठोक्किँदा एक घाइते
Ai Photo
हेटौंडा / भरतपुर महानगरपालिका-८ शान्तिचोकमा शुक्रबार सवारी दुर्घटना भएको छ। बागमती प्रदेश १-०१-०२९ च ४६५४ नम्बरको एउटा कारले ना ५९ प ३४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक एकजना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा परी घाइते हुनेमा भरतपुर महानगरपालिका ७ नम्बर वडाका ३८ वर्षीय बालकृष्ण गौतम रहेको प्रहरीले जनाएको छ। उनको खुट्टामा गम्भीर चोट लागेको छ। घाइते गौतमको उपचार नयाँ मेडिकल कलेज भरतपुरमा भइरहेको बताइएको छ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।
प्रतिक्रिया


