हेटौंडाबाट एक किलो अफिमसहित २ जना पक्राउ

हेटौंडा / बिरगंजबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४८८४ नम्बरको यात्रुवाहक माइक्रोबस चेकिङको क्रममा बसमा सवार दुईजना यात्रुको झोलाबाट एक किलो लागूऔषध अफिम जस्तो देखिने पदार्थ फेला परेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारत पश्चिम चम्पारन भाङगा थाना जिल्ला बेतिया घर भई हाल पर्सा जिल्लाको रङपुरटाडी स्थित मिठाई पसल संचालन गर्दै आएको बर्ष ४० का जगु साह र संगै सवार भारतको मझपपुर जिल्ला मिनापुर थाना मस्ताफा ग्राम बस्ने बर्ष ४० की शाहिल देवी रहेको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट लागूऔषध फेला परेपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
प्रतिक्रिया