प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार बिहान युगान्डाको राजधानी कम्पालामा सम्पन्न असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९औं शिखर सम्मेलनबाट स्वदेश फर्किएका छन्।
नेपाली समय अनुसार बिहान २:४५ बजे कतार हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री प्रचण्ड गत माघ ४ गते राति युगान्डा प्रस्थान गरेका थिए।
युगान्डा भ्रमणका क्रममा उनले विभिन्न देशका प्रमुखहरूसँग उच्चस्तरीय वार्ता गरेका थिए। साथै शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए।
प्रतिक्रिया


