हेटौंडाबाट पेस्तोलसहित २ जना पक्राउ

हेटौंडा / मकवानपुर प्रहरीले पेस्तोलसहित २ जनालाई हेटौडा उपमहानगरपालिका १५ रातोमाटेबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हिमाली नगरपालिका १ बाजुरा बस्ने ३१ वर्षीय देव बहादुर थापा तथा कावासोती नगरपालिका ५ नवलपरासी बस्ने ५७ वर्षीय विर बहादुर थापा मगरलाई पेस्तोलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
शुक्रबार चितवनबाट काकडभिट्टातर्फ जादै गरेको मे।१ ख।२५३७ नम्बरको बसलाई हेटौडा १५ स्थित पूर्व पश्चिम सडक खण्डमा जाँच गर्ने क्रममा बसमा सवार देव बहादुरले बोकेको झोला भित्र पेस्तोल (१ थान, गोली थान(१, दुई वटा प्लास्टिकमा सेतो कलरको पाउडर जस्तो देखिने धुलो पदार्थ २ किलो ७ सय ग्राम फेलापरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
विर बहादुर र देवबहादुरसँगै यात्रा गरिरहेकाले पेस्तोल तथा उक्त सामग्रीसहित दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
